दफा ४६
मतदान केन्द्रको अनधिकृत कब्जा
(१) देहायको अवस्थामा मतदान केन्द्रको अनधिकृत कब्जा भएको मानिनेछः–
(क) कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतदान केन्द्र वा मतदान गर्न निश्चित गरिएको स्थान आफ्नो कब्जामा लिई मतदानको कार्यमा प्रभाव पारेमा वा कुनै उम्मेदवारको समर्थक मतदातालाई मात्र मतदान गर्न दिएमा वा अन्य मतदातालाई मतदान गर्न नदिएमा,
(ख) कसैले मतदातालाई कुनै उम्मेदवारको पक्षमा मतदान गर्न वा नगर्न डर त्रास देखाएमा वा धम्की दिएमा वा मतदान गर्नको लागि बाटो वा गौँडा छेकी रोकेमा वा मतदान केन्द्रमा वा मतदान गर्ने स्थानमा जान वा प्रवेश गर्न नदिएमा, वा
(ग) कसैले मतदान कार्य सञ्चालन गर्न खटिएको मतदान अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका वा मतदान सम्बन्धी सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतदानको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा ।
(२) उपदफा (१) को खण्ड (क), (ख) वा (ग) मा उल्लिखित कुनै प्रकारले मतदान केन्द्रको अनधिकृत कब्जा भएमा मतदान अधिकृतले तत्काल मतदान स्थगित गरी त्यसको प्रतिवेदन निर्वाचन अधिकृतलाई र निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले वा आयोगबाट कुनै निर्देशन प्राप्त भएमा निर्वाचन अधिकृतले आयोगको निर्देशन बमोजिम उपदफा (१) बमोजिमको घटनाको जाँच गर्न सक्नेछ र त्यस्तो जाँचको प्रतिवेदनको आधारमा आयोगले वा आयोगको निर्देशन अनुसार निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान रद्द गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम मतदान रद्द भएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुन मतदान गर्ने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा समेत तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।